केमिकल बोकेको ट्रकमा आगलागी

हिमाल प्रेस ११ वैशाख २०८१ ११:३६ | Tuesday, April 23, 2024
केमिकल बोकेको ट्रकमा आगलागी

धादिङ- रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी भएको छ।

काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज बिहान आगलागी भएको हो।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका ६ बन्छेटारमा उक्त ट्रकमा एक्कासी आगो लागेको हो। केमिकलहरू एकापसमा ठोक्किएर आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताए।

गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन। राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ।

धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थलमै आइपुगेका गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए।

प्रकाशित: ११ वैशाख २०८१ ११:३६ | Tuesday, April 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast