काभ्रेमा करोडौँ पर्ने बुद्धचित्तको रुख काटियो, सकेट बम फेला

हिमाल प्रेस ३० चैत २०८० १२:४० | Friday, April 12, 2024
काभ्रेमा करोडौँ पर्ने बुद्धचित्तको रुख काटियो, सकेट बम फेला

काभ्रे- काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको करोडौँ पर्ने बुद्धचित्तको रुख अज्ञात समूहले काटेको छ। बुद्धचित्त काटेकै स्थानमा चार थान सकेट बम भेटिएको काभ्रे प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलमा पुगेर थप अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी र सेनाको टोली घटनास्थलमा रहेको बम निष्क्रिय गर्न पुगेको जनाइएको छ।

बुद्धचित्त मालाको बोट अपरिचित समूह आई काटेको हो। बोट काटिएको स्थानमै, घरको ढोका र आँगनमा ४ वटा घरेलु सकेट बम राखिएको र सो नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट फेला परेको प्रहरीको भनाइ छ। प्रहरील थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ३० चैत २०८० १२:४० | Friday, April 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast