कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले पाए विश्वासकाे मत

हिमाल प्रेस १३ वैशाख २०८१ १७:२५ | Thursday, April 25, 2024
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले पाए विश्वासकाे मत यामलाल कँडेल।

काठमाडौँ- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभाबाट विश्वासकाे मत पाएका छन्। विश्वासकाे मतकाे पक्षमा २३ र विपक्षमा १२ मत पर्‍याे। संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिएका हुन्। आज प्रदेशसभा बैठकमा  ३५ जना प्रदेशसभा सदस्य सहभागी थिए।

एक जना मात्र सदस्य रहेको राप्रपा तटस्थ बसेको छ। चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री कँडेलले यसअघि मन्त्रालय भागबन्डाको विषयमा सत्ता गठबन्धन दलबीच सहमति नहुँदा विश्वासको मत लिएका थिएनन्।

४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा (एमाले) का १० समामुखसहित, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १४, राप्रपा र समाजवादीका १/१ जना गरी हाल ३९ जना सांसद छन्।

नेपाली कांग्रेसका १५ सांसद रहेकोमा एक जना निलम्बनमा छन्। विशेष अदालतमा भ्रष्टचार मुद्दा दर्ता भएपछि संसदीय दलका नेता जीवनबहादुर शाही चैत २२ गतेदेखि निलम्बनमा परेका छन्। उनी वाइडबडी घोटलामा मुछिएका हुन्।

 

प्रकाशित: १३ वैशाख २०८१ १७:२५ | Thursday, April 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast