इलाममा करेन्ट लागेर एकको मृत्यु

हिमाल प्रेस ९ वैशाख २०८१ ९:२८ | Sunday, April 21, 2024
इलाममा करेन्ट लागेर एकको मृत्यु प्रतीकात्मक तस्बिर।

इलाम- इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर इलाम नगरपालिका ५ का ४२ वर्षीय दिलीप कुँवरको शुक्रबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

इलामको सन्दकपुर गाउँपालिका लैजादै गरिएको नयाँ विद्युतको पोलमा काम गर्ने क्रममा इलाम नगरपालिका ८ स्थित महभीर टोलमा कुँवरलाई ११ हजार भोल्टको करेन्ट लागेको थियो।

कुँवरको शव डढेको अवस्थामा विजुलीको पोलबाट खसेको थियो। मृतकको शवलाई पोष्टमार्टमका लागि इलाम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

घटनाको सम्बन्धमा थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक डीएसपी प्रकाश जवेगूले जानकारी दिए।

प्रकाशित: ९ वैशाख २०८१ ९:२८ | Sunday, April 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast