आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

हिमाल प्रेस ९ वैशाख २०८१ ८:२० | Sunday, April 21, 2024
आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा आर्सनल उक्लिएको छ। शनिबार राति उल्भ्सलाई २–० ले पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो।

खेलमा लियोनार्दो ट्रोसार्डले पहिलो हाफको अन्त्यतिर गोल गरेपछि आर्सनलले अग्रता लिएको थियो। यसपछि कप्तान मार्टिन ओडगार्डले दोस्रो गोल थपेर जित सहज बनाए।

यो जितपछि आर्सनलको ७४ अंक भएको छ र यो दोस्रोमा झरेको साविक विजेता म्यानचेस्टर सिटीमाथि एक अंकको अग्रता हो। सिटीले एक खेल कम खेलेको छ।

शनिबारकै अरू खेलमा ब्रेन्टफोर्डले लुटन टाउनलाई ५–१ ले हरायो भने बर्नलीले सेफिल्ड युनाइटेडमाथि ४–१ को जित निकाल्यो।

प्रकाशित: ९ वैशाख २०८१ ८:२० | Sunday, April 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast