काठमाडौँ- आज नेपाली बजारमा सुनको भाउ बढेको छ।
आइतबार तोलामा दुई हजार २०० रुपैयाँले घटेर एक लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज सोमबार एक लाख ३७ हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएकाे छ। हिजोको तुलनामा सुन आज ७०० रुपैयाँले बढेको हो।
त्यसैगरी आइतबार एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ।
महासंघको भनाइमा चाँदी प्रतितोला एक हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ।
                            प्रकाशित: ३ वैशाख  २०८१ ११:२४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

