आज रामनवमी मनाइँदै

हिमाल प्रेस ५ वैशाख २०८१ ६:३२ | Wednesday, April 17, 2024
आज रामनवमी मनाइँदै

काठमाडौँ-आज देश विदेशमा रामनवमी पर्व मनाइँदैछ।

हिन्दु धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गर्छन्। हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ। त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ।

भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा रहेको छ। संस्कृतिविद् रामदयाल राकेशका अनुसार रामचन्द्र भगवान्को जन्मदिन भएकाले यो पर्व हिन्दु धर्मावलम्बीको लागि विशेष धार्मिक पर्व हो।

‘मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व छ’, उनले भने, ‘पूजापाठ गरेर, नदीमा स्नान गरेर पून्य आर्जन गर्ने चलन छ।’

प्रकाशित: ५ वैशाख २०८१ ६:३२ | Wednesday, April 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast