काठमाडौँ- नेपाल राष्ट्र बैंकले २०८० सालकाे अन्तिम दिन आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा पुगेको छ।
युरो एकको खरिद दर १४२ रुपैयाँ ५३ पैसा र बिक्री दर १४३ रुपैयाँ १७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ५३ पैसा र बिक्री दर १६७ रुपैयाँ २८ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
दक्षिण काेरियन वन १०० काे खरिद दर ९ रुपैयाँ ७० पैसा र बिक्री दर ९ रुपैयाँ ७५ पैसा रहेको छ।

                            प्रकाशित: ३० चैत  २०८० ६:४४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             

