काठमाडौँ- नेपाली बजारमा आज पनि सुनको भाउले नयाँ रेकर्ड बनाएको छ।
हिजो हालसम्मकै उच्च भाउमा सुनको कारोबार भएको थियो। हिजाे सुन प्रतितोला एक लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
आज सुन प्रतितोला एक लाख ३६ हजार ८०० रुपैयाँ पुगेको छ। यो भाउ पछिल्लो रेकर्डभन्दा ५०० रुपैयाँ बढी हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको भाउ प्रतितोला एक हजार ७०० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।
प्रकाशित: २८ चैत २०८० ११:३१ | Wednesday, April 10, 2024
प्रतिक्रिया



