गुजरातविरूद्ध नेपालको सहज जित

हिमाल प्रेस १८ चैत २०८० १७:५२
50
SHARES
गुजरातविरूद्ध नेपालको सहज जित

काठमाडौँ- ‘एसएमएस फ्रेन्डसिप कप’ को पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले गुजरातविरुद्ध आठ विकेटको सहज जित निकालेको छ। आइतबार भारतको वापीमा भएको खेलमा गुजरातले प्रस्तुत गरेको ९९ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका ओपनरद्वय कुशल भुर्तेल १७ रन र आसिफ शेख १६ रन जोडेर आउट भएका थिए। अनिलकुमार साहले नटआउट ३२ रन र कप्तान रोहितकुमार पौडेलले नटआउट ३३ रन बनाए। अनिलले ३५ बलमा ३ चौका र १ छक्का तथा रोहितले २६ बलमा ३ चौका प्रहार गरे।

यसअघि टस हारेर ब्याटिङमा आएको गुजरातले १८.२ ओभरमा सबै विकेट गुमाएर ९८ रनको योगफल खडा गर्‍यो। गुजरातका ओपनर रुद्र मयुर पटेल २२ बलमा ४ चौकासहित सर्वाधिक २३ रनमा आउट भए। आर्यन देशाई ४, उमांग पटेल ५, स्मित पटेल १०, अभिषेक देशाई ११ र हेमांग पटेल २० र ऋषि पटेल १ रनमा आउट भए। सराल प्रजापति १७ रनमा आउट भए।

नेपालका गुलशन झाले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए। करण केसीले ३.२ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए। सोमपाल कामीले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए। दीपेन्द्रले ४ ओभरमा २३ र अभिनाश बोहराले ३ ओभरमा १७ रन खर्चिए।

अप्रिल ७ सम्म हुने प्रतियोगितामा यी दुईसँगै बरोडा क्रिकेट संघ सहभागी छ। नेपालले आईसीसी ट्वान्टी २० विश्वकपको तयारी स्वरूप यो प्रतियोगिता खेल्न लागेको हो। ट्वान्टी २० विश्वकप जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ। समूह ‘डी’ मा नेपाल दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन्।

प्रकाशित: १८ चैत २०८० १७:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + fourteen =