मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न कांग्रेस बागमतीको निर्देशन

हिमाल प्रेस १८ चैत २०८० १३:१९
20
SHARES
मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न कांग्रेस बागमतीको निर्देशन मुख्यमन्त्री

हेटौंडा- नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा आईतबार काठमाडौंमा बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नो पार्टीका सम्पूर्ण सांसदहरूलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो।

बैठकले नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता जमकट्टेललाई २०७९ माघ ३ गते विश्वासको मत दिएकोमा २०८० फागुन २३ मा बागमती प्रदेश सरकारबाट राजिनामा दिई बाहिरिएको र प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकोले विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दललाई निर्देशन दिएको कांग्रेस बागमती प्रदेशका मुख्यसचिव राजु नेपालले जानकारी दिनुभयो।

बागमती प्रदेशसभामा मुख्यमन्त्री जमकट्टेलले भोली चैत १९ गते विश्वासको मत लिन लिने कार्यक्रम छ। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा नेपालको संविधानको धारा १८८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीले प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

बागमतीको १ सय १० सदस्यीय प्रदेशसभामा जमकट्टेलले ५६ मत जुटाएमा उनी मुख्यमन्त्रीमा कायम रहनेछन्। बागमतीमा कांग्रेसको ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपा १३, एकीकृत समाजवादीको ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीको दुई सिट छ।

प्रकाशित: १८ चैत २०८० १३:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + fifteen =