लोकेशको शतकका बाबजुद नेपाल ‘ए’ पराजित

हिमाल प्रेस १६ चैत २०८० १६:५५
22
SHARES
लोकेशको शतकका बाबजुद नेपाल ‘ए’ पराजित लोकेश बम ।

काठमाडौँ- ओपनर लोकेश बमको शतकका बाबजुद नेपाल ‘ए’ ट्वान्टी २० शृंखलाको पहिलो खेलमा आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित भएको छ। जितसँगै आयरल्यान्डले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ। शृंखलाको दोस्रो खेल शनिबार हुनेछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार आयरल्यान्ड‘ए’ ले प्रस्तुत गरेको २२३ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ले १९.३ ओभरमा सबै विकेट गुमाउँदै २०१ रन बनायो। नेपालका लागि लोकेशले ५६ बलमा नौ चौका र आठ छक्काको मद्दतले सर्वाधिक १०६ रनको योगदान गरे। यसैगरी आरिफ शेखले ४९ र कप्तान विनोद भण्डारीले १६ रन बनाए।

चौथाे विकेटका लागि लोकेश र आरिफले १२१ रनको साझेदारी गरे।आयरल्यान्ड ‘ए’ का लागि म्याथ्यु फोस्टरले र म्याथ्यु हम्प्रेसले समान तीन तथा थोमस मायस र गाभिन होयले समान एक विकेट लिए।

त्यसअघि ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २२२ रनको योगफल तयार पार्‍यो।

आयरल्यान्डका लागि पिटर मोरले ३२ बलमा चार चौका र तीन छक्काको मद्दतले सर्वाधिक ४९ रनको योगदान गरे। यसैगरी कप्तान नील रकले ३८ र काडे कारमाइकलले समान ३८, स्टेफन डोहिनीले ३४ गारेथ डेलानीले अविजित ३० र गाभिन होयले अविजित १८ रन बनाए।

दोस्रो विकेटका लागि मो र कारमाइकलले ८८ रनको साझेदारी गरे। नेपाल ‘ए’ का लागि कमलसिंह ऐरीले तीन तथा सागर ढकाल र आरिफ शेखले समान एक विकेट लिए।

प्रकाशित: १६ चैत २०८० १६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =