आईपीएल : रनको वर्षा भएको खेलमा मुम्बईमाथि हैदराबादको जित

हिमाल प्रेस १५ चैत २०८० ६:४४
18
SHARES
आईपीएल : रनको वर्षा भएको खेलमा मुम्बईमाथि हैदराबादको जित

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)कै सबैभन्दा उच्च स्कोर बनेको खेलमा सनराइजर्स हैदराबादसँग मुम्बई इन्डियन्स ३१ रनले पराजित भएको छ ।

बुधबार हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा हैदराबादले प्रस्तुत गरेको २७८ रनको कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभर खेले पनि पाँच विकेट गुमाएर २४६ रनमात्र बनाउन सक्यो ।

तीन ब्याटरले अर्धशतक बनाएपछि हैदराबादले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २७७ रनको कीर्तिमानी योगफल खडा गरेको थियो । आईपीएलको इतिहासमा यो अहिलेसम्मै सबैभन्दा ठूलो योगफल हो ।

हैदराबादले यसअघि सन् २०१३ को संस्करणमा रोयल च्यालेन्जर्स बेंग्लोरले बनाएको २६३ रनको कीर्तिमान तोडेको हो । कीर्तिमान तोड्ने क्रममा हैदराबादबाट हेनरिक क्लासेन, अभिषेक शर्मा र ट्राभिस हेडले अर्धशतक बनाएका थिए ।

क्लासेनले ३४ बलमा चार चौका र सात छक्कासहित ८० रन बनाए । हैदराबाद ११ ओभरको समाप्तिमा तीन विकेट गुमाएर १६१ रनको स्थितिमा हुँदा क्लासेनले चौथो विकेटका लागि आइदेन मार्करमसँग नौ ओभरमा ११६ रनको शतकीय साझेदारी गर्दै हैदराबादलाई कीर्तिमानी योगफलसम्म पुर्याएका थिए ।

प्रतियोगितामा हैदराबादको यो पहिलो जित हो। जितसँगै दुई खेलबाट दुई अंक जोडेको हैदराबाद तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। लगातार दोस्रो खेलमा हार बेहोरेको मुम्बई भने तालिकाको नवौँ स्थानमा छ।

 

प्रकाशित: १५ चैत २०८० ६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + fifteen =