उपप्रधानमन्त्री लामिछाने र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेट

हिमाल प्रेस १४ चैत २०८० २१:५५
18
SHARES
उपप्रधानमन्त्री लामिछाने र पाकिस्तानी राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने र पाकिस्तानी राजदूतबीच बुधबार शिष्टाचार भेट भएको छ।

भेटमा राजदूत अब्रारले नेपाल र पाकिस्तानबीच अपराध नियन्त्रण सम्बन्धी सम्झौता हुन बाँकी रहेका समझदारीपत्रमाथि छलफल गर्न र पाकिस्तानबाट क्रिकेटसहितका खेलकुदमा क्लबस्तरमा समन्वय र सहकार्य गरी नागरिकस्तरसम्म असल सम्बन्ध स्थापित गराउन जोड दिनुपर्ने बताए।

पाकिस्तानी राजदूतले नेपाल र पाकिस्तानबीचमा उच्च तहको भेटघाट गराइ परस्पर जनसांख्यिक र सांस्कृतिक लाभ हासिल गर्ने विषय पनि राखेका थिए।

गृहमन्त्री लामिछानेले भर्खर सम्पन्न निर्वाचनले स्थायी सरकार र शान्ति स्थापनामा उल्लेख्य योगदान गर्ने विषयमा आफू विश्वस्त रहेको बताए। उनले लगानीका लागि नेपाल उपयुक्त देश रहेको र त्यसका लागि आवश्यक नीतिगत सुधार र भरपर्दो सुरक्षालगायतका प्रबन्ध गरिने भन्दै पाकिस्तानी लगानी भित्र्याउन समन्वयात्मक भूमिकाको अपेक्षा गरे।

प्रकाशित: १४ चैत २०८० २१:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 2 =