धनकुटा औद्योगिक ग्राम पूर्ण रुपमा सञ्चालन गर्ने प्रदेश सरकारको तयारी

हिमाल प्रेस १३ चैत २०८० १२:०९
10
SHARES
धनकुटा औद्योगिक ग्राम पूर्ण रुपमा सञ्चालन गर्ने प्रदेश सरकारको तयारी

इटहरी- कोशी प्रदेश सरकारले धनकुटा अ‍ौद्योगिक ग्राम पूर्णरूपमा सञ्चालनको तयारी थालेको छ। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आउँदो ६ महिनाभित्र धनकुटा औद्योगिक ग्राम पूण रूपमा सञ्चालनमा आउने गरीको खाका १५ दिनभित्र तयार गरेर ल्याउन निर्देशन दिएका छन्।

अ‍ौद्योगिक ग्राम क्षेत्रको मंगलबार अवलोकनपछि मुख्यमन्त्री कार्कीले ग्रामका अध्यक्ष तिलक महतलाई औद्योगिक ग्रामभित्र उद्योग सञ्चालनको खाका १५ दिनभित्र तयार पारेर नल्याए कारबाहीको चेतावनी समेत दिए।

अ‍ौद्योगिक ग्राम परिसरमा निर्मित २७ मध्ये नौ वटा भवनमा लघु उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ईश्वर थापाले जानकारी दिएका छन्। जसमा सेनेटरी प्याड र खाध्यन्न सामाग्रीहरू उत्पादन भए पनि परिमाण कम रहेको छ।

मुख्यमन्त्री कार्कीले ग्रामलाई पूर्ण रूपमा सञ्चालन गरेमा पूर्वी पहाडी क्षेत्रको जनजीविकामा सहजता हुने बताउँदै सञ्चालनका लागि आवश्यक निर्देशन दिएका हुन्। मुख्यमन्त्री कार्कीले भने, ‘यस क्षेत्रको स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना भएपछि मात्रै यो क्षेत्रका बासिन्दा लाभान्वित हुनसक्छन्।’

ग्राम स्थापनाको ५ वर्ष बितिसक्दासमेत पूर्ण रूपमा सञ्चालनमा आउन सकिरहेको छैन। ५२ रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक ग्राम सञ्चालनमा आएपछि पूर्वी पहाडको घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा टेवा पुग्ने प्रदेश सरकारको विश्वास छ।

प्रकाशित: १३ चैत २०८० १२:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 4 =