शिक्षा विधेयकमाथि एक हजार सात सय ८५ संशोधन प्रस्ताव दर्ता

हिमाल प्रेस १२ चैत २०८० ११:३४
1.8k
SHARES
शिक्षा विधेयकमाथि एक हजार सात सय ८५ संशोधन प्रस्ताव दर्ता

काठमाडौँ- विद्यालय शिक्षा विधेयक- २०८० माथि १५२ जना सांसदले एक हजार सात सय ८५ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन्।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन रहेको सो विधेयकमा एक सय ६३ धारा छन्। उक्त विधेयकमा एक सय ५२ सांसदले एक हजार सात सय ८५ वटा संशोधन प्रस्ताव दर्ता गराएका हुन्।

एक सय ६३ दफा रहेको सो विधेयकमाथि समितिका दुईवटा बैठकयता संशोधनकर्तासँग छलफल हुन थालेको छ। हालसम्म आठ संशोधनकर्ता सदस्यका विचार मात्र प्रस्तुत भएका छन् भने बाँकी एक सय ४४ संशोधनकर्ताले आफूले राखेका संशोधनको औचित्य प्रस्तुत गर्न बाँकी रहेको छ।

उक्त विधेयक छिटो ल्याउन सांसद र सरोकारवाला पक्षले आवाज उठाइरहेका बेला धेरै संशोधन भएकाले यसले छलफलमा समय लिने देखिएको छ।

संशोधनकर्ता सांसदले विचार राखिसकेपछि समितिमा दफाबार छलफल प्रारम्भ हुनेछ। समितिबाट पारित भएको विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि राष्ट्रियसभामा जानेछ।

समितिको सभापतिमा अमरबहादुर थापाको चयन र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा सुमना श्रेष्ठको नियुक्तिपछि विधेयकमाथि पुनः छलफल प्रारम्भ भएको छ।

प्रकाशित: १२ चैत २०८० ११:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 13 =