कुमारी बैंकको वित्तीय साक्षरता भिडियो शृंखला र पुस्तक सार्वजनिक

हिमाल प्रेस ९ चैत २०८० १७:४०
कुमारी बैंकको वित्तीय साक्षरता भिडियो शृंखला र पुस्तक सार्वजनिक

काठमाडौँ– कुमारी बैंक लिमिटेडले बैंका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा वरिष्ठ कलाकार दीपाश्री निरौलाको उपस्थितिमा बैंकले वित्तीय साक्षरता भिडियो शृंखला र पुस्तक सार्वजनिक गरेको छ।

बैंकिङ सेवाहरूको विवेकपूर्ण उपयोगलाई प्रवर्धन गर्न गहिरो ध्यान केन्द्रित गर्दै भिडियो शृंखलाले व्यवसाय व्यवस्थापन, नगद प्रवाह व्यवस्थापन, बैंकिङ सुरक्षा र सही खाताहरू कायम राख्ने जस्ता अत्यावश्यक विषयमा जोड दिएको बैंकले जनाएको छ।

भिडियो शृंखला र पुस्तकमार्फत बैंकिङ सेवाको प्रयोग, व्यवसाय सुरु र सञ्चालन गर्ने प्रक्रिया, बैंकिङ सुरक्षाजस्ता विषयवस्तुमा केन्द्रित रहेको बैंकले जनाएको छ।

भिडियो शृंखलामा दीपाश्री निरौला, दमन रुपाखेती, शिवशंकर रिजाल लगायतका कलाकारहरुको अभिनय छ।

प्रकाशित: ९ चैत २०८० १७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =