सातै प्रदेशमा निर्यातगृह खोल्न चेम्बरको आग्रह

हिमाल प्रेस ९ चैत २०८० १६:५५
सातै प्रदेशमा निर्यातगृह खोल्न चेम्बरको आग्रह

काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा स्थानीय उत्पादनको प्रवर्धन हुने गरी निर्यात गृह खोल्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष आग्रह गरेको छ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको पदाधिकारी टोलीले नवनियुक्त उद्योगमन्त्री भण्डारीलाई सिंहदरबारमा भेटवार्ता गर्दै निर्यातगृहको अवधारणा अविलम्ब लागू गर्न आग्रह गरेको हो।

चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय उत्पादनहरुको एकीकृत प्रवर्धन, बजारीकरण एवं गुणस्तर मापनपछि एकद्वार प्रणालीमार्फत निर्यात गर्न सातै प्रदेशमा निर्यातगृह खोल्न आवश्यक छ।’

चेम्बरले रेमिट्यान्सबाट भित्रिने रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी नीतिगत व्यवस्था गर्न पनि मन्त्री भण्डारीलाई सुझाव दिएको छ। रेमिट्यान्सको झण्डै ९० प्रतिशत हिस्सा उपभोगमै खर्च भइरहेको सन्दर्भमा चेम्बरले अर्थतन्त्रको विस्तारमा योगदान गर्नेगरी उत्पादनमूलक क्षेत्रमा लगानीको वातावरण बनाउनुपर्ने बताएको हो।

सरकारले वैशाख तेस्रो साता अन्तर्राष्ट्रिय लगानी सम्मेलनको तयारी गरिरहँदा विदेशी लगानीका लागि कतिपय ऐननियमहरु बाधक रहेकाले समयमै समस्या हल गर्न चेम्बरले आग्रह गरेको छ। वर्तमान समयमा कालोबजार ऐन २०३२ का कतिपय प्रावधान असान्दर्भिक भएकाले समयसापेक्ष सुधार गर्न पनि चेम्बरले आग्रह गरेको छ।

प्रकाशित: ९ चैत २०८० १६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − twelve =