पहिचान र अधिकारका लागि मुक्ति अभियान आवश्यक छ : राजेन्द्र महतो

हिमाल प्रेस ८ चैत २०८० ११:२४
28
SHARES
पहिचान र अधिकारका लागि मुक्ति अभियान आवश्यक छ : राजेन्द्र महतो

काठमाडौँ- राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले पहिचान र अधिकारका लागि मुक्ति अभियान आवश्यक भएको बताएका छन्।

आज धनगढीमा आयोजित पत्रकार भेटमा उनले पहिचान र अधिकारका लागि एकीकृत आन्दोलनको आवश्यकता भएको दोहोर्‍याए।

‘थारू, मधेसी, आदिवासी जनजातिका छुट्टाछुट्टै संघर्षले जनताले दुःख मात्रै पाए। अधिकार र पहिचान पाएनौँ। अब सबै पहिचानवादी मिल्नुको विकल्प छैन्,’ उनले भने, ‘यो देश सबै नेपालीको हो। सबै मिलेर देशको समस्या समाधान गर्नुपर्छ।’

 

प्रकाशित: ८ चैत २०८० ११:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =