सानिमा बैंकले दियो दुर्घटना बिमाबापत १० लाख रुपैयाँ

हिमाल प्रेस ७ चैत २०८० १३:२४
सानिमा बैंकले दियो दुर्घटना बिमाबापत १० लाख रुपैयाँ

काठमाडौँ– सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाताअन्तर्गत रु. १० लाखको दुर्घटना बिमा दाबी रकम हस्तान्तरण गरेको छ। बैंकका खातावाला टेकबहादुर मगरको दुर्घटना भई पूर्ण रुपमा अशक्त भएकोले उनलाई बिमा रकम हस्तान्तरण गरिएको हो।

सानिमा बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख सुशीलराज श्रेष्ठ र बिमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका तर्फबाट दाबी प्रमुख नवराज पराजुलीले संयुक्त रुपमा बिमा रकमको चेक हस्तान्तरण गरेका थिए।

दुर्घटनामा परेका मगरले सानिमा बैंकको एकान्तकुना शाखामा सानिमा प्लाटिनम पेरोल बचत खाता खोलेका थिए।

सानिमा बैंकले प्लाटिनम पेरोल बचत खाताअन्तर्गत रु. १० लाखको दुर्घटना बिमा, रु. ३ लाखसम्मको १३ घातक रोगहरुको उपचार बिमा, रु. १० हजारसम्मको ओपीडी भुक्तानी शुल्कसहितको रु. ५० हजारसम्मको औषधिउपचार बिमा, रु. ५० हजारको आवधिक जीवन बिमा र रु. ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: ७ चैत २०८० १३:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =