जनतामा आशा जगाउन नयाँ समीकरण बनेको हो : प्रधानमन्त्री

हिमाल प्रेस ६ चैत २०८० १७:३७
22
SHARES
जनतामा आशा जगाउन नयाँ समीकरण बनेको हो : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरण प्रधानमन्त्रीका रूपमा आफ्नो पदको कारणले नबनेको स्पष्ट पारेका छन्। सरकारमा सहभागी पाँच राजनीतिक दलको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले समृद्धिको यात्रामा जानुपर्छ भन्ने उद्देश्यका साथ नयाँ समीकरण बनेको स्पष्ट पारेका हुन्।

‘जनतामा सुशासन र समृद्धिको आकांक्षालाई अझ तीव्रताका साथ एवं अझ गुणात्मक तवरले सम्बोधन गर्ने ऐतिहासिक आवश्यकतासँग यो समीकरण बनेको छ,’ प्रधानमन्त्रीले भने, ‘नयाँ काम सुरु भएका छन्, जनताको आवाज सम्बोधन गर्नेगरी काम गर्नुपर्छ।’

उनले जनतामा नयाँ आशा जगाउने र राष्ट्रको बृहत्तर हितलाई केन्द्रमा राखेर नयाँ समीकरण बनेको स्पष्ट पारे। प्रधानमन्त्री प्रचण्डले सबै मन्त्री, सचिव एवं कर्मचारीलाई पछिल्लो परिस्थितिअनुसार काम गर्न दिर्नेशन दिए।

‘जनतामा नयाँ आशा र भरोसा जगाउने कुराको कुनै विकल्प छैन’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यो संकल्प र समीकरणबाट पनि जनतामा डेलिभर भएन, जनतामा आशा जगाउन सकिएन र विकासमा गति दिन सकिएन भने देश अप्ठ्यारोमा जाने खतरा छ, जनताका पक्षमा काम गर्नुहोला।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =