सामसङका दुई नयाँ मोबाइल बजारमा

हिमाल प्रेस ५ चैत २०८० १८:०२
सामसङका दुई नयाँ मोबाइल बजारमा

काठमाडौँ- सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी ए५५ ५जी र ग्यालेक्सी र ए ३५ ५जी दुई स्मार्टफोन बजारमा ल्याएको छ। दुवै उपकरणमा नक्स भल्ट जस्ता उच्च सुरक्षा सुविधा रहेको छ। यी स्मार्ट फोनमा ग्यालेक्सीको फ्ल्यागसिप क्यामराको इनोभेसनबाट प्रेरित नयाँ फोटोग्राफी क्षमता र भिजन बुस्टरको साथ प्रयोगकर्ताहरूको परिवेशअनुरुप समायोजन हुने डिसप्ले रहेको छ।

८/१२८ जीबीको ग्यालेक्सी ए३५ ५जीको प्रतिस्पर्धी मूल्य ४६,९९९ र ८/२५६ जीबीको प्रतिस्पर्धी मूल्य ५१,९९९ निर्धारण गरिएको छ। यसैगरी ८/२५६ जीबीके उच्च प्रविधि प्रदान गर्दै ग्यालेक्सी ए५५ ५जीको बजार मूल्य ६२,९९९ र १२/२५६ जीबीको प्रतिस्पर्धी मूल्य रु. ६७,९९९ निर्धारण गरिएको छ।

यी फोनमा २५ वाटको सक्कली सामसङ चार्जर पनि निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ।

‘हामीले ग्यालेक्सी ए सिरिजमार्फत नवीनतम प्रविधिहरूलाई अझ बढी ग्राहकहरूका लागि पहुँच योग्य बनाउने लक्ष्य राखेका छौँ’, सामसङ नेपालका आईएम बिजनेसका निर्देशक प्रणयरत्न स्थापितले भने।

प्रकाशित: ५ चैत २०८० १८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =