नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्दा दैनिक मोबाइल डाटा पाइने

हिमाल प्रेस ५ चैत २०८० १५:४९
नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्दा दैनिक मोबाइल डाटा पाइने

काठमाडौँ– नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा पनि दैनिक रुपमा मोबाइल डाटा प्रयोग गर्न पाइने भएको छ। एफटीटीएच (फाइबर टु द होम) प्रविधिमा आधारित एनटी फाइबरका विभिन्न प्याकेज लिँदा त्यसैअनुसारको मोबाइल डाटा उपलब्ध हुने टेलिकमले जनाएको छ।

टेलिकमले उपलब्ध गराइरहेको विभिन्न प्याकेजमध्ये वार्षिक एफटीटीएच कम्बो प्याकेज र एफटीटीएच डाटा प्याकेज प्रयोग गर्ने प्रयोगकर्ताहरुले यो सुविधा उपयोग गर्न सक्ने टेलिकमका प्रवक्ता हरि ढकालले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

टेलिकमका अनुसार वार्षिक एफटीटीएच कम्बो प्याकेजअन्तर्गत ५० एमबीपीएस र १०० एमबीपीएस डाटाका साथै १ एनटीटीभी र १ टेलिफोन प्रयोग गर्ने सेवाग्राहीले दैनिक रूपमा आफ्नो मोबाइलमा क्रमशः ६०० एमबी र ८०० एमबी डाटा प्रयोग गर्न सक्नेछन्।

एफटीटीएच डाटा प्याकेज प्रयोग गर्ने सेवाग्राहीलाई पनि त्यसैअनुसार मोबाइलमा समेत डाटा प्रयोग गर्न सकिने सुविधा उपलब्ध छ। यसअनुसार ५० एमबीपीएस, ७५ एमबीपीएस र १०० एमबीपीएस डाटा प्रयोगकर्ताले दैनिक रुपमा क्रमशः ६०० एमबी, ७०० एमबी र ८०० एमबी डाटा प्रयोग गर्न सकिनेछ भने १५० एमबीपीएस र २०० एमबीपीएस डाटा प्रयोगकर्ताले दैनिक रुपमा क्रमशः ९०० एमबी र १००० एमबी डाटा प्रयोग गर्न सकिनेछ।

एनटी फाइबर सेवा प्राप्त गर्न चाहने सेवाग्राहीहरुले १९८ मा डायल गरी प्राप्त सन्देशपछि फेरि १ डायल गरी आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा माग दर्ता गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ५ चैत २०८० १५:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =