उपाधिका लागि नेपाल र पपुवा न्युगिनी भिड्ने

हिमाल प्रेस २९ फागुन २०८० १५:००
32
SHARES
उपाधिका लागि नेपाल र पपुवा न्युगिनी भिड्ने

काठमाडौँ- त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको उपाधिका लागि नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्ने भएका छन्। मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा मंगलबार पिएनजीले घरेलु टोली हङकङमाथि १० विकेटको सानदार जित निकाल्दै फाइनलमा नेपालसँगको भेट पक्का गर्यो। फाइनल बुधबार हुनेछ।

जितसँगै पिएनजीले दुई खेलमा दुई अंक जोड्यो। पराजित हङकङको समान खेलबाट एक अंक रह्यो।

मंगलबार नै नेपालले पिएनजीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो। नेपालले दुई खेलमा तीन अंक जोड्यो। नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण विना नतिजा टुङ्गिएको थियो।

हङकङले प्रस्तुत गरेको १२२ रनको लक्ष्य पिएनजीले १२.४ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गर्‍यो।

पिएनजीका लागि सेसे बाउले ४३ बलमा चौका र छक्काको मद्दतले अविजित ६१ तथा टोनी उराले ३३ बलमा पाँच चौका र दुई छक्काको मद्दतले अविजित ५१ रन बनाए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले १८.३ ओभरमा सबै विकेट गुमाउँदै १२१ रनको योगफल तयार पारेको थियो।

हङकङका लागि जिसन अलीले २९ बलमा ६ चौका र एक छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे। यसैगरी नस्रुला राना र एहसान खानले समान १६ तथा बाबर हायतले १२ रन बनाए।

पिएनजीका लागि काबुआ मोरिया, अली नाओ, कप्तान असाद भाला र सेसे बाउले समान दुई विकेट लिए।

प्रकाशित: २९ फागुन २०८० १५:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =