काठमाडौँ- जनमत पार्टीले तत्काल सरकारमा नजाने निर्णय गरेको छ।
जनमतले सत्ता गठबन्धनमा सहभागी नहुने र सरकारलाई समर्थन नगर्ने निर्णय गरेको छ। जनमतका प्रवक्ता सरदसिंह यादवका अनुसार उपनिर्वाचनमा उम्मेदवार उठाउने भएको छ। ‘इलामको प्रतिनिधिसभा २ र बझाङ प्रदेशसभा १को १ मा उम्मेदवार उठाउने भएको छ।’ जनमतले भनेको छ।
यस्तै जनमतले २०८० माघ ८ गते भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदनमा छलफल गरेर निर्देशन प्रक्रिया अगाडि बढाउने भएको छ।
प्रकाशित: २९ फागुन २०८० १३:०५
प्रतिक्रिया