काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्ष पदमा उमेदवारी दिने भएको छ।
सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा आज बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा उमेदवारी दिने निर्णय गरेको हो।
विपक्षमा रहेका दललाई कांग्रेसलाई सहयोग गर्न आग्रह गर्ने निर्णय पनि बैठकले गरेको कांग्रेस स्रोतले जनाएको छ।
प्रकाशित: २६ फागुन २०८० १३:१३
प्रतिक्रिया