त्रिदेशीय शृंखला : आज नेपाल र हङकङबीच मैत्रीपूर्ण खेल

हिमाल प्रेस २६ फागुन २०८० ७:३०
6
SHARES
त्रिदेशीय शृंखला : आज नेपाल र हङकङबीच मैत्रीपूर्ण खेल

काठमाडौँ- नेपाल र हङकङले शनिबार मैत्रीपूर्ण क्रिकेट खेल्दैछन्। खेल बिहान हङकङमा सवा ११ बजे सुरु हुनेछ।

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिदेशीय टी-२० आई शृंखला हुँदैछ। त्यसअघि नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

त्रिदेशीय शृंखलामा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्ने छ। यस्तै फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ। फागुन ३० गते त्रिदेशीय शृंखलाको फाइनल खेल हुनेछ।

नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन्।

प्रकाशित: २६ फागुन २०८० ७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 5 =