पशुपतिमा चार लाख भक्तजनले गरिसके पूजा

हिमाल प्रेस २५ फागुन २०८० १६:२२
8
SHARES
पशुपतिमा चार लाख भक्तजनले गरिसके पूजा

काठमाडौँ– महाशिवरात्रिका अवसरमा आज चार लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका छन्। बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ।

अहिलेसम्म पशुपतिनाथमा कम्तीमा पनि चार लाखभन्दा बढी भक्तजनले दर्शन गरेका पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

बिहानभन्दा अहिले दर्शनार्थीको भीड बाक्लिँदै गएको छ। भीड बढेसँगै सुरक्षाकर्मीलाई मेला व्यवस्थापन गर्न चुनौतीपूर्ण बनेको छ। भक्तजनको सहजताका लागि पशुपतिनाथका चारै ढोका बिहान २ बजेदेखि खोलिए पनि भीड भने घटेको छैन।

दर्शन गर्ने पालो छिटो पाउने आशमा दर्शनार्थी रातिदेखि नै लामबद्ध भएर बसेका थिए। उनीहरू भने बिहानै दर्शन गरेर फर्किसकेका प्रवक्ता अधिकारीले बताए। कोषले आज कम्तीमा २० लाख भक्तजनले आराध्य देव पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको छ।

प्रकाशित: २५ फागुन २०८० १६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast