साफ यू–१६ महिला च्याम्पियनसिप : नेपालको पोस्टमा भारतले हान्यो १० गोल

हिमाल प्रेस २४ फागुन २०८० १७:३६
16
SHARES
साफ यू–१६ महिला च्याम्पियनसिप : नेपालको पोस्टमा भारतले हान्यो १० गोल

काठमाडौँ- घरेलु टोली नेपालमाथि १०-०को फराकिलो जित निकाल्दै भार दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१६ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भारतलाई जित दिलाउन लागि पर्ल फर्नान्डेस र गुर्लिन कौरले समान दुई तथा अनिता डुंगडुंग, अनुष्का कुमारी, बिनोफिलिया शुलाई, रेआना र गुर्नाज कौरले समान एक गोल गरे। एक गोल आत्मघाती गोल रह्यो। नेपालले पहिलो हाफमा ६ र दोस्रो हाफमा चार गोल बेहोरेको थियो।

भारतले उपााधिका लागि बंगलादेशको सामना गर्नेछ। यसअघि पहिलो खेलमा बंगलादेशसँग २-० ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ३-० ले हराएको थियो।

यसैगरी पहिलो खेलमा भुटानमाथि ७-० को फराकिलो जित निकालेको भारत दोस्रो खेलमा बंगलादेशसँग ३-१ ले पराजित भएको थियो।  लिग चरणको अन्तिम खेलमा बंगलादेश र भुटान भिड्नेछन्। प्रतियोगिताको फायइनल आइतबार हुनेछ।

प्रकाशित: २४ फागुन २०८० १७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =