मन्त्रिपरिषद् पुनर्गठनबाटै धेरै कुराको जवाफ दिइसकेको छु : प्रधानमन्त्री दाहाल

हिमाल प्रेस २४ फागुन २०८० १२:५५
20
SHARES
मन्त्रिपरिषद् पुनर्गठनबाटै धेरै कुराको जवाफ दिइसकेको छु : प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसहेको बताएका छन्।

संसद्मा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यही फागुन ६ देखि १८ गतेसम्मका विषयमा सरकारको धारणा माग गरिएकोमा सरकारको समीकरणसँगै मन्त्रीहरूको राजीनामाको विषय स्वतः सम्बोधन भएको बताए।

‘सांसदहरूले उठाउनुभएका विषयहरूको जवाफसँगै पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्दैछु’, प्रधानमन्त्री प्रचण्डले भने, ‘ राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनसँगै माननीयज्यूहरूका केही प्रश्नले जवाफ पाइसकेका छन्। उदाहरणका लागि बालकुमारी घटनामा दोषी देखिएका भनिएका तत्कालीन मन्त्रीको विषय सरकारको पुनःगठनसँगै असान्दर्भिक भएको छ।’

सम्बोधनमा प्रधानमन्त्रीले नेपाली कांग्रेसले सरकारमाथिको विश्वासको मत फिर्ता लिइसकेकाले फेरि विश्वासको मत लिने क्रममा आफूले संसद्मा विशेष सम्बोधन गर्नेसमेत प्रष्ट पारे।

उनले सांसदहरूले बालकुमारीमा २ जनाको मृत्यु भएको विषयमा सांसदहरूले उठाएको विषय हल भएको बताएका छन्। उनले सरकार पुनर्गठनले बालकुमारी घटनाबारे सांसदहरूले गरेको माग पूरा भएको पनि बताए। सांसदहरूले सो घटनाको कारक पूर्वभौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला रहेको भन्दै उनलाई सरकारबाट हटाउन माग गर्दै आएका थिए।

प्रकाशित: २४ फागुन २०८० १२:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 19 =