काठमाडौँ- नयाँ मन्त्रिपरिषद् विस्तारसँगै पहिलो पटक आज मन्त्रिपरिषद्को बैठक बस्दैछ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले १० बजेका लागि सिंहदरबारमा बैठक बोलाएका हुन्। हिजो र अस्तिका दिन शपथ ग्रहण गरेका मन्त्री पनि आज मन्त्रिपरिषद् बैठकमा सहभागी हुँदैछन्।
गएको मंगलबार मात्र प्रधानमन्त्रीले पुराना सबै मन्त्रीलाई बर्खास्त गरेर नयाँ विस्तार गरेका छन्।
अहिले सरकारमा एमाले, माओवादी, रास्वपा र एकीकृत समाजवादी सहभागी छन्।
प्रकाशित: २४ फागुन २०८० ९:३०
प्रतिक्रिया