दुवै सदनको बैठक बस्दै

हिमाल प्रेस २४ फागुन २०८० ७:१२
2
SHARE
दुवै सदनको बैठक बस्दै

काठमाडौँ- संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो।

प्रतिनिधिसभा ११ बजे र राष्ट्रियसभाको बैठक १ : १७ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । यसअघि फागुन २१ गते बोलाइएको बैठक सूचना टाँसेर स्थगन भएको थियो ।

प्रतिनिधिसभाको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने र महिला तथा सामाजिक मामिला समिति सभापतिले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

राष्ट्रियसभाको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रबारे जानकारी गराउने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक सेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ।

 

प्रकाशित: २४ फागुन २०८० ७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 6 =