क्रिकेट विश्वकप तयारीका लागि सरकारले क्यानलाई दियो पाँच करोड

हिमाल प्रेस २३ फागुन २०८० १७:४६
42
SHARES
क्रिकेट विश्वकप तयारीका लागि सरकारले क्यानलाई दियो पाँच करोड

काठमाडौँ- टी-२० विश्वकप क्रिकेटको तयारीका लागि सरकारले ५ करोड बजेट विनियोजन गरेको छ।

आगामी जुनमा अमेरिका र वेष्टइण्डिजमा हुने प्रतियोगितामा सहभागिताको तयारीका लागि सरकारले ५ करोड उपलब्ध गराउन लागेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

बजेट दिएको भन्दै क्यानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङलाई आभार व्यक्त गरेको छ।

नेपाल सरकार र राष्ट्रिय खेलकुद परिषदको यस साथ र सहयोगले समग्र नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास क्यानले व्यक्त गरेको छ।

आगामी १ जुनदेखि २९ जुनसम्म हुने प्रतियोगितामा नेपालसहित २० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: २३ फागुन २०८० १७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =