प्रहरी सेवाबाट अवकाश हुँदै एआईजी चौधरी र भण्डारी

हिमाल प्रेस २३ फागुन २०८० १४:०१
68.9k
SHARES
प्रहरी सेवाबाट अवकाश हुँदै एआईजी चौधरी र भण्डारी

काठमाडौँ– नेपाल प्रहरीका दुई एआईजी मीरा चौधरी र सन्दीप भण्डारी उमेरहदका कारण अवकाशमा जाने भएका छन्। फागुन ५, २०५२ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका दुवै जना एकैसाथ अवकाश हुन लागेका हुन्।

चौधरी र भण्डारी आगामी वैशाख ५ गते र ७ गते अवकाशमा जानेछन्। नेपाल प्रहरीमा एआईजीको पदावधि ५ वर्ष रहेको छ भने उमेर ५६ वर्ष तोकिएको छ। जसअनुसार एआईजी चौधरीको जन्म २०२५ वैशाख ७ गते हो भने भण्डारीको २०२५ वैशाख ५ गते हो।

अवकाशमा जान लागेकी चौधरी प्रहरी प्रशासन विभाग प्रमुख हुन् भने भण्डारी प्रहरी प्रतिष्ठान प्रमुख हुन्।

प्रकाशित: २३ फागुन २०८० १४:०१

प्रतिक्रिया

One thought on “प्रहरी सेवाबाट अवकाश हुँदै एआईजी चौधरी र भण्डारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − four =