राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए शपथ [तस्बिरहरू]

दिपेश श्रेष्ठ २१ फागुन २०८० १२:४०
6
SHARES
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए शपथ [तस्बिरहरू]

काठमाडौँ- राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। संसद् भवन नयाँबानेश्वरको ल्होत्से हलमा सोमबार आयोजित समारोहमा उपाध्यक्ष उर्मिला अर्यालले शपथ ग्रहण गराएकी हुन्। राष्ट्रियसभामा निर्वाचित १९ सदस्यले शपथ ग्रहण गरेका छन्।

संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल आइतबार मध्यराति सकिएको थियो। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल पनि सकिएको छ। गत माघ ११ गते सम्पन्न निर्वाचनबाट राष्ट्रियसभाका १९ सदस्य निर्वाचित भएका थिए।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 5 =