कम्युनिस्ट एकताको पहल थालेका छौँ : प्रधानमन्त्री

हिमाल प्रेस २१ फागुन २०८० १०:२८
58
SHARES
कम्युनिस्ट एकताको पहल थालेका छौँ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत् कम्युनिस्ट एकताको पहल थालिएको बताएका छन्। सहिद सप्ताहको अन्तिम दिन आज प्रधानमन्त्री निवासमा सुखानी सहिदका परिवारसँगको भेटमा उनले सो कुरा बताएका हुन्।

उनले भने,‘सहिदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिस्ट एकताका लागि थप पहल गरेका छौँ।’ तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जंगलमा लगेर हत्या गरेको थियो।

भेटमा सुखानी सहिद परिवारका सदस्य विसेश्वरा दाहाल, जीवन घिमिरे, रविन दाहाल, बुद्ध घिमिरेलगायत सहभागी थिए। कम्युनिस्ट आन्दोलन र जनयुद्धलाई एकापसमा जोड्नका लागि नेकपा माओवादी केन्द्रले फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउँदै आएको छ।

प्रकाशित: २१ फागुन २०८० १०:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =