राष्ट्रियसभामा निर्वाचित १९ सदस्यको शपथग्रहण आज

हिमाल प्रेस २१ फागुन २०८० ७:३५
10
SHARES
राष्ट्रियसभामा निर्वाचित १९ सदस्यको शपथग्रहण आज राष्ट्रियसभा

काठमाडौँ- राष्ट्रियसभामा निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्ने भएका छन्।

संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल आइतबार मध्यराति सकिएपछि नवनिर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्ने भएका हुन्।

शपथग्रहण नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान साढे ११ बजे हुनेछ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल आइतबार मध्यराति सकिएकाले उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचित सदस्यको शपथग्रहण गराउने कार्यक्रम छ।

गत माघ ११ गते सम्पन्न निर्वाचनबाट राष्ट्रियसभाका १९ सदस्य निर्वाचित भएका थिए। एकजना सदस्य राष्ट्रपतिबाट मनोनित हुनेछन्।

शपथग्रहणपछि नवनिर्वाचित सदस्यहरू आजको राष्ट्रियसभा बैठकमा सहभागी हुनेछन्। राष्ट्रियसभाको बैठक दिउँसो १ : १७ बजेका लागि बोलाइएको छ।

प्रकाशित: २१ फागुन २०८० ७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 14 =