नेप्से परिसूचक दोहोरो अंकले घट्यो

हिमाल प्रेस २० फागुन २०८० १५:५२
4
SHARES
नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौँ- साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक ११.७८ अंकले घटेर एक हजार नौ सय ६०.३० को बिन्दुमा कायम भएको हो।

तीन सय नौ कम्पनीको ५५ लाख ७४ हजार दुई सय सात कित्ता ४५ हजार चार सय ४२ पटक खरिदबिक्री हुँदा दुई अर्ब आठ करोड २७ लाख ८६ हजार ८९ रुपैयाँ बराबरको कारोबार भएको छ।

होटल तथा पर्यटन समूह ०.५४ र उत्पादन तथा प्रशोधन समूह ०.६६ प्रतिशतले बढेका छन् भने अन्य सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै व्यापार समूह २.५२ र अन्य समूह १.०२ प्रतिशतले घटेको छ।

आइतबारको कारोबारपछि शेयर मूल्य बढेका कम्पनीहरुमा सबैभन्दा धेरै ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर ९.७० र एनआईसी एसिया ग्रोथ फन्ड–२ को सेयर मूल्य ८.४५ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने चिर्खुवा हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ७.४९ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको १३ करोड २० लाख ४९ हजार पाँच सय ४० रुपयाँ बराबरको दुई लाख ९२ हजार तीन सय २६ कित्ता सेयर कारोबार भएको छ।

प्रकाशित: २० फागुन २०८० १५:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =