कानुन निर्माणमा सोचेजस्तो काम गर्न सकिएन : रायमाझी

हिमाल प्रेस २० फागुन २०८० १४:४५
6
SHARES
कानुन निर्माणमा सोचेजस्तो काम गर्न सकिएन : रायमाझी

काठमाडौँ- नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता रमेशजंग रायमाझीले राष्ट्रियसभाको ६ बर्से कार्यकालमा प्रभावकारी भूमिका निर्वाह गरेको बताएका छन्। ६ बर्से कार्यकाल पूरा हुनुअघि आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले राष्ट्रियसभामा प्रतिपक्षी र सत्तापक्ष नभनी प्रभावकारी भूमिका निर्वाह गरेको बताएका हुन्।

सरकारले समयमै विधेयक नल्याउँदा कानुन निर्माणमा भने सोचेजस्तो काम गर्न नसकेको धारणा उनको छ।

सरकारले ल्याएका विधेकलाई राष्ट्रिय सभा संसदीय दलले आन्तरिक छलफल गरी आवश्यकताअनुसार संशोधन पनि दर्ता गरेको रायमाझीले बताए। उनले संक्रमणकालीन न्याय, निजामती ऐनलगायत महत्त्वपूर्ण विधेयकमाथि छलफल गर्न नपाउँदा दुःख लागेको बताए।

कांग्रेस राष्ट्रिय सभा संसदीय दलका प्रमुख सचेतक अनिता देवकोटाले राष्ट्रियसभाको गरिमा बचाउन भूमिका खेलेको बताइन्। राष्ट्रिय सभाबाट कांग्रेसका तर्फबाट चार जना सदस्य ६ बर्से कार्यकाल पूरा गरी बिदा हुँदैछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 7 =