सातौँ वार्षिकोत्सव मनाउँदै फेयरफिल्ड काठमाडौ

हिमाल प्रेस २० फागुन २०८० १३:२३
सातौँ वार्षिकोत्सव मनाउँदै फेयरफिल्ड काठमाडौ

काठमाडौँ- नेपालको पहिलो म्यारिअट ब्रान्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले मार्च महिनामा आफ्नो सातौँ वार्षिकोत्सव मनाउँदैछ । सात वर्षमा फेयरफिल्ड काठमाडौँले न्यानो आतिथ्यका साथमा पस्केको लक्जरी, आरामदायी र सांस्कृतिक विविधताको अनुभव गरेका हज्जारौँ स्वदेशी तथा विदेशी पर्यटकहरुले यस होटलको खुलेर प्रशंसा गर्दै आएको दाबी होटलको छ।

सात वर्षअगाडि नेपालमा अन्तर्राष्ट्रिय ब्रान्ड म्यारिअटलाई भित्र्याएर यस होटलले नेपालको पर्यटन क्षेत्रकै स्तरवृद्धि गर्न सफल भएको हो।

फेयरफिल्ड काठमाडौँमा अतिथि सेवाका लागि तीन उत्कृष्ट रेस्टुराँ छन्। अल डे डाइनिङ रेस्टुराँ काभा, जापानीज रेस्टुराँ काकु काकु सिका जिका र मेडिटेरिअन ओचो स्काई लाउन्ज खानाको उत्कृष्ट  स्वाद पस्किन तत्पर रहँदै आएका छन् । काभामा नेपाली, इन्डियन र वेस्टर्न खाना पस्किने गरिएको छ भने काकु काकु सिका जिकामा सुसी रोल, टेपनयाकीजस्ता प्रसिद्ध जापानी खाना पाइन्छ । ओचो स्काई लाउन्जमा भने काठमाडौँ सहरको रंगीन वातावरण नियाल्दै इटालियन र स्पेनिस खानको स्वाद लिने अवसर मिल्नेछ।

प्रकाशित: २० फागुन २०८० १३:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =