टीआरसीमा सहमति खोज्‍न शीर्ष नेताले गरे छलफल

हिमाल प्रेस २० फागुन २०८० १३:०९
10
SHARES
टीआरसीमा सहमति खोज्‍न शीर्ष नेताले गरे छलफल प्रधानमन्त्री एवम् माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड' (बीचमा) सँग कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा (बायाँ) र एमाले अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओली। फाइल तस्बिर

काठमाडौँ- संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)लाई टुंगोमा पुर्‍याउन शीर्षनेताबीच छलफल चलेको छ।

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीआरसीलाई टुंगोमा पुर्‍याउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए।

उनले आज बिहान सिंहदरबारमा देउवा र ओलीसँग छुट्टाछुट्टै छलफल गरेका हुन्। यसबारे ओलीले समेत टीआरसी अघि बढाउन सकारात्मक रहेको स्रोतको दाबी छ। एमालेको अडानकै कारण टीआरसी टुंगोमा पुग्न सकेको छैन।

एमालेले पीडितमैत्री कानुन बनाउनु पर्ने अडान राखेसँगै टीआरसी अघि बढ्न नसकेको सत्तापक्षका नेताहरूको भनाइ छ। यसअघि टीआरसीमा सहमित गर्न
संसदीय समितिले उपसमिति गठन गरेको थियो। तर उपसमितिले विधेयकलाई टुंगोमा पुर्‍याउन सकेन। शीर्षनेता नेता नै टुंगोमा पुर्‍याउन उपसमितिले सुझाव दिएको थियो।

यही कारण पछिल्लो समय शीर्षनेताहरू टीआरसीमा केन्द्रित भएर छलफल गरिरहेका छन्।

प्रकाशित: २० फागुन २०८० १३:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + sixteen =