प्रधानसेनापति खुला म्याराथन र रन फर फन कार्यक्रम [तस्बिरहरू]

हिमाल प्रेस १९ फागुन २०८० १८:४१
30
SHARES
प्रधानसेनापति खुला म्याराथन र रन फर फन कार्यक्रम [तस्बिरहरू]

काठमाडौँ- नेपाली सेना स्थापनाको २६१औँ वार्षिकोत्सव अवसरमा नवौं संस्करणको प्रधानसेनापति खुला म्याराथन र रन फर फन कार्यक्रम आयोजना गरिएको छ।

नेपाली सेनाद्वारा शनिबार आयोजिक उक्त कार्यक्रममा ४२.१९५ किलोमिटर म्याराथन (खुल्ला पुरुष), २१ किलोमिटर हाफ म्याराथन (खुल्ला महिला–पुरुष), १० किलोमिटर म्याराथन (छात्र तथा छात्रा), ५ किलोमिटर दौड (छात्र तथा छात्र) र ५ किलोमिटर वाकाथन विधाहरू समावेश गरिएको जंगीअड्डाले जानकारी दिएको छ।

सो अवसरमा विभिन्न विधाहरूमा विजयी धावकहरूलाई प्रधानसेनापति प्रभुराम शर्मा, ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, रक्षा सचिव किरणराज शर्मा, नेपाल एथलेटीक्स संघका अध्यक्ष राजिव विक्रम शाह, महारथी राजेन्द्र क्षत्री (अ.प्रा) महारथी, बलाधिकृत रथी अशोकराज सिग्देल, काठमाडौँ महानगरपालिकाका सहायक निर्देशक अनिता श्रेष्ठलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

पूर्वप्रधान सेनापतिहरू, बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द तथा अधिकृतहरू, सैनिक श्रीमती संघका पदाधिकारीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाललगायत विभिन्न सरकारी निकायका पदाधिकारीहरू, सैनिक सहचारीहरू, सञ्चारकर्मी तथा सर्वसाधारणको उपस्थिति रहेको कार्यक्रममा सैनिक व्याण्डबाट सांगीतिक प्रस्तुति गरिएको थियो।

प्रकाशित: १९ फागुन २०८० १८:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − three =