शिक्षक-कर्मचारीको तलबभत्ताबारे महासंघले जारी गर्‍यो यस्तो विज्ञप्ति

हिमाल प्रेस १९ फागुन २०८० १७:०१
10.5k
SHARES
शिक्षक-कर्मचारीको तलबभत्ताबारे महासंघले जारी गर्‍यो यस्तो विज्ञप्ति फाइल तस्बिर

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले शिक्षक-कर्मचारीले गत साउन महिनापछि तलब नपाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सप्तरीको विष्णुपुर गाउँपालिका तथा सर्लाहीका हरिपुरवा नगरपालिका, चन्द्रनगर गाउँपालिकाका शिक्षक-कर्मचारीले साउन महिनापछि तलबभत्ता नपाएको विषयप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

महासंघले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेको छ,‘यतिका महिनासम्म आफ्नो पारिश्रमिक प्राप्त नगर्दा शिक्षक-कर्मचारीले व्यहोर्नु परेको पीडाप्रति सम्बन्धित पालिकाले देखाएको संवेदनहीनता आफैंमा गैर-जिम्मेवारीपनको पराकाष्टा हो। यो अन्यायविरुद्ध भइरहेको शिक्षक-कर्मचारी आन्दोलनप्रति नेपाल शिक्षक महासंघ ऐक्यबद्धता प्रकट गर्दछ।’

स्थानीय तहका निर्वाचित नेतृत्वका बीचमा हुने आपसी द्वन्द्वका कारण समयमा पालिका परिषद् सम्पन्न हुन नसक्दा देशका विभिन्न पालिकामा पटकपटक शिक्षक-कर्मचारीले तलब नपाउने अवस्था सिर्जना भएको महासंघको भनाइ छ। आगामी दिनमा शिक्षक-कर्मचारीको तलबभत्ता निकासाका लागि गाउँ, नगर परिषद्को निर्णय हुनु नपर्ने नीतिगत प्रबन्ध गर्न सरकारसमक्ष महासंघले आग्रह गरेको छ।

प्रकाशित: १९ फागुन २०८० १७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eighteen =