त्रिकोणात्मक टी–२० सिरिजमा नेपालको पहिलो जित

हिमाल प्रेस १८ फागुन २०८० १५:१७
14
SHARES
त्रिकोणात्मक टी–२० सिरिजमा नेपालको पहिलो जित

काठमाडौँ- त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको छ। कीर्तिपुरको टीयू मैदानमा भएको खेलमा नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै केबल १ सय ७७ रनमा समेटियो।

नामिबियाका जेजे स्मिटले ५० रन प्रहार गरे। त्यसैगरी, जान फ्राइलिङ्कले ३७ रन बनाए। नेपालका करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो।

नेपालका लागि कुशल मल्लले ३७ बलमा चार छक्का र एक चौकाको मद्दतले अविजित ५५ रनको योगदान गरे। यसैगरी आरिफ शेखले ३१, गुल्सन झाले २६, अनिल शाहले २३, दीपेन्द्रसिंह ऐरीले १६ र कप्तान रोहितकुमार पौडेलले १० रन बनाए।

पाँचौं विकेटका लागि कुशल र आरिफले ८५ रनको साझेदारी गरे। नामिबियाका लागि बेन शिकोन्गोले तीन, ज्याक ब्रसेलले दुई तथा रुबेन ट्रम्पलम्यान, जान निकोल लोफ्टी इएटन र बेर्नार्ड स्कोल्ट्जले समान एक विकेट लिए।

प्रकाशित: १८ फागुन २०८० १५:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 8 =