नेपालले दियो नामिबियालाई १८१ रनको लक्ष्य

हिमाल प्रेस १८ फागुन २०८० १३:१५
14
SHARES
नेपालले दियो नामिबियालाई १८१ रनको लक्ष्य

काठमाडौँ- नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाआफ्नो खेलमा नामिबियासामू १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८० रनको योगफल तयार पार्‍यो।

नेपालका लागि कुशल मल्लले ३७ बलमा चार छक्का र एक चौकाको मद्दतले अविजित ५५ रनको योगदान गरे। यसैगरी आरिफ शेखले ३१, गुल्सन झाले २६, अनिल शाहले २३, दीपेन्द्रसिंह ऐरीले १६ र कप्तान रोहितकुमार पौडेलले १० रन बनाए।

पाँचौं विकेटका लागि कुशल र आरिफले ८५ रनको साझेदारी गरे। नामिबियाका लागि बेन शिकोन्गोले तीन, ज्याक ब्रसेलले दुई तथा रुबेन ट्रम्पलम्यान, जान निकोल लोफ्टी इएटन र बेर्नार्ड स्कोल्ट्जले समान एक विकेट लिए।

प्रकाशित: १८ फागुन २०८० १३:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 4 =