नामिबियाविरुद्ध कुशलको अर्धशतक

हिमाल प्रेस १८ फागुन २०८० १२:५५
6
SHARES
नामिबियाविरुद्ध कुशलको अर्धशतक

काठमाडौँ- नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखला आफ्नो खेलमा नामिबियाविरुद्ध कुशल मल्लले अर्धशतक प्रहार गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालका लागि कुशलले ३० बलमा चार छक्का र एक चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन्।  अन्तर्राष्ट्रिय ट्वान्टी २० मा कुशलको यो चौथो अर्धशतक हो।

कुशललाई आरिफ शेखले ३१ रन बनाएर साथ दिइरहेका छन्।  नेपाल १६.२ ओभरमा चार विकेट गुमाउँदै १४९ रन बनाएर खेलिरहेकाे छ।

प्रकाशित: १८ फागुन २०८० १२:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + nineteen =