राष्ट्रसेवक कर्मचारीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न नेकपा एसनिकट कर्मचारी संगठनले बुझायो गृहमन्त्रीलाई ज्ञापनपत्र

हिमाल प्रेस १८ फागुन २०८० १२:३३
16
SHARES
राष्ट्रसेवक कर्मचारीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न नेकपा एसनिकट कर्मचारी संगठनले बुझायो गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी संगठन, नेपालले उपप्रधान एवं गृहमन्त्रीमन्त्री नारायणकाजी श्रेष्ठलाई राष्ट्रसेवक कर्मचारीमाथि भएको भौतिक आक्रमणका दोषीलाई कानुनअनुसार कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएको छ।

सो संगठनका सहअध्यक्ष शरणकुमार गुरुङ, उपाध्यक्ष सीता गुरुङ, सचिव भुन कुँवर, प्रतीक तामाङलगायतले बिहीबार गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै देशका विभिन्न स्थानमा राष्ट्रसेवक कर्मचारीमाथि भइरहेको भौतिक आक्रमणको विरोध गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन्।

संगठनले कर्मचारीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न प्रचलित कानुन अपर्याप्त रहेको बताउँदै यस्ता घटनामा संलग्न दोषीलाई फौजदारी अपराधमा समावेश गरी विशेष कानुन निर्माणको समेत माग गरेको छ।

संगठनले यहि फागुन ११ गते रुपन्देहीको देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटामाथि भएको सांघातिक हमला र फागुन १६ गते बर्दियाको बढैयाताल गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकालमाथि भएको आक्रमणको घोर भर्त्सना गर्दै दोषीलाई कारबाहीको माग गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nine =