इतिहासले सधैँ सम्झिने छवटा दूरगामी काम गर्न प्रचण्डलाई बाबुरामको सुझाव

हिमाल प्रेस १८ फागुन २०८० ७:३०
2.4k
SHARES
इतिहासले सधैँ सम्झिने छवटा दूरगामी काम गर्न प्रचण्डलाई बाबुरामको सुझाव

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विभिन्न छवटा काम गर्न सुझाव दिएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुरामले सामाजिक सञ्जालमार्फत प्रचण्डलाई राष्ट्रिय हितका छवटा काम गर्न सुझाव दिएका हुन्।

बाबुरामले प्रधानमन्त्रीको कुर्सीमोह छोडेर भएपनि सबै प्रमुख दल तथा नेतालाई साथ लिएर शान्तिप्रक्रिया पूरा गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जाने, उच्च तहको भ्रष्टाचार नियन्त्रण गर्न शक्तिशाली जनलोकपाल गठन गर्ने, वैज्ञानिक भूमिसुधार गर्ने, आर्थिक क्रान्तिको कार्ययोजना निर्माण गरेर लागू गर्न शक्तिशाली राष्ट्रिय विकास प्राधिकरण गठन गर्ने, भारतलाई ईपीजी प्रतिवेदन लागू गर्न सहमत गराउने आदि दूरगामी राष्ट्रिय हितका काम गर्न सुझाव दिएका छन्।

प्रधानमन्त्री प्रचण्डले उक्त कार्य सम्पन्न गर्नसके इतिहासले सधैं सम्झिने र अन्यथा जतिपटक कुर्सीमा बसे पनि देश र जनतालाई ‘हात्ती आयो हात्ती आयो फुस्सा’ मात्र हुने भट्टराईले बताए। त्यसैगरी बाबुरामले प्रचण्ड सत्तास्वार्थको निम्ति सजिलै ‘वल्लोघरे नरे पल्लोघर सरे’को कलाप्रदर्शन गर्नसक्ने टिप्पणी पनि गरेका छन्।

प्रकाशित: १८ फागुन २०८० ७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =