वाफ फाइनल : पेनाल्टीमा चुक्याे नेपाल, जोर्डनलाई उपाधि

हिमाल प्रेस १८ फागुन २०८० ६:५०
16
SHARES
वाफ फाइनल : पेनाल्टीमा चुक्याे नेपाल, जोर्डनलाई उपाधि तस्बिर एन्फा

काठमाडौँ- वेष्ट एसियन फुटबल महासंघ (वाफ) वुमन्स च्याम्पियनसिपअन्तर्गत बिहीबार भएको फाइनलमा नेपाल जार्डनसँग पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तर्गतले पराजित भएको छ।

साउदी अरेबियाको जेदाहस्थित प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा भएको फाइनल खेलको निर्धारित समयमा दुवै टिमबाट २/२ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। पेनाल्टीमा नेपालका लागि दीपा शाही, गीता राना र हीराकुमारी भुजेलले गोल गरे। अमृता जैसीको प्रहारलाई जोर्डनकी गोलकिपर शरिन अल सलाबेले रोकिन्।

जोर्डनका लागि आयाह अल मजाली, मेइसा जब्राह, नुर जोक्वास, सारा अबु सबा र रोजबाहान फरिजले गोल गरे। त्यसअघि ९० मिनेटको खेलको २९औँ मिनेटमा रेखा पौडेलको पासमा सबिता राना मगरले गोल गर्दै अग्रता दिलाएकी थिइन्।

७४औँ मिनेटमा लिना फरेसले जोर्डनलाई बराबरीमा ल्याइन्। निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा सारा अबु सबाले गोल गर्दै जोर्डनलाई २-१ ले अगाडि बढाइन्।इन्जुरी समयमा गीता रानाले पेनाल्टीमार्फत गोल गर्दै नेपालाई २/२ को बराबरीमा ल्याइन्।

नेपालले आमन्त्रित टिमको रूपमा पहिलोपटक वाफ वुमन्स च्याम्पियनसिप खेलको हो। जोर्डन छैटौंपटक उपाधि जित्न सफल भयो।

प्रकाशित: १८ फागुन २०८० ६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 20 =