होलीका नाममा जथाभावी रङ दल्ने काम भयो? यसो गर्नुहोस्

हिमाल प्रेस ११ चैत २०८० ९:२३ | Sunday, March 24, 2024
होलीका नाममा जथाभावी रङ दल्ने काम भयो? यसो गर्नुहोस् फाइल तस्बिर

काठमाडौँ- होली खेल्ने क्रममा अवाञ्छित गतिविधि नगर्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ। होली खेल्न नचाहनेलाई जबरजस्ती नगर्न र यदि त्यस्तो गरिए प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ।

सभ्य र मर्यादित रूपमा फागु पर्व मनाउन आग्रह गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा व्यवस्था मजबुत बनाएको छ। होली मर्यादित रुपले मनाउन सामाजिक सञ्जालबाट पनि नेपाल प्रहरीले सचेत गराएको छ।

यदि फागुका नाममा नराम्रा गतिविधि गरेको देखे वा थाहा पाए नेपाल प्रहरीको टोल फ्रि नम्बर १०० र जिल्ला प्रहरी परिसर काठमाडौं प्रमुखको नम्बर ९८५१२०५५५५ मा सम्पर्क गर्न आग्रह गरेका छन् ।

काठमाडौंमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं परिसरका जनशक्तिहरुलाई संयुक्त रुपमा परिचालन गरी ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङको व्यवस्था गरिएको बताए । उनले सम्भावित घटनाहरु हुन नदिनका लागि भीडभाड हुने ठाउँहरुमा ड्रोनबाट पनि निगरानी गर्ने बताए ।

प्रकाशित: ११ चैत २०८० ९:२३ | Sunday, March 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast